2० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ Facebook Twitter Email चाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात् उनको हुनेवाला ज्वाइँ अझै फेला परेको छैन । चाओले आफ्नी सुन्दरी छोरी जिनी चाओको लागि योग्य वरको खोजी गरिरहेको धेरै भयो । सुन्दर तथा धनाढ्य युवतीसँग बिहे गर्न पाउने र अझ २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति त दाइजो नै पाउने थाहा हुँदाहुँदै पनि ती अर्बपतिकी छोरीलाई बिहे गर्छु भन्ने हिम्मत अहिलेसम्म कोही तन्नेरीले जुटाउन सकेको छैन । यसअघि ४ वर्ष पहिले पनि जिनी बिहेको कुराले चर्चामा आएकी थिइन् । उनले त्यतिबेला जति केटाहरुलाई देखाएपनि अस्विकार गरिन् । अनि आफुले केटासँग नभई केटीसँग बिहे गर्न चाहेको भनेपछि अर्बपति बाउ छाँगाबाट खसेझैँ भए । वास्तवमा जिनी समलिंगी हुन् र पछिल्लो ६ वर्षदेखि कुनै अर्की महिलासँग सम्बन्धमा छिन् । त्यो सुनिसकेपछि उनले त्यतिबेला पनि तत्कालै घोषणा गरेका थिए की छोरीको बिहे गर्नेला...
Popular posts from this blog
खाडी जाने कामदारलाई थपियो ११ सय खर्चको भार काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएको छ । खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएका वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए । यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले ५५ सय रहेको मेडिकल शुल्क अब झण्डै ६६ सय पुग्नेछ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् । खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने काादरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ । गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिहल शुल्क बढाएर ५५ सय बनाइएको थियो । मलेसियापछि अहिले साउदीम...
Comments
Post a Comment