समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि संशोधन प्रस्ताव ल्यायौं : परराष्ट्रमन्त्री
सोमबार, २० मंसिर, २०७३ मा प्रकाशित, 3469 पटक हेरिएको
काठमाडौं, मंसिर २० । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान संशोधनमा भारतलाई तानेर नेकपा एमालेले कांग्रेसविरुद्ध हल्ला फिँजाएको आरोप लगाएका छन् ।
नेपाल महिला संघले सोमबार सानेपामा गरेको कार्यक्रममा उनले कूटनीतिक सम्बन्धमा आफूहरु तर्कसंगत ढंगबाट प्रस्तुत् भएर सीमावर्ती क्षेत्रको डुबान, सिँचाइलगायतका समस्याको समाधान खोजेको दाबी गरे ।
संविधान संशोधन प्रस्तावले झन् समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा जान सकिन्छ कि भनेर संशोधन प्रस्ताव ल्याएको उनको तर्क थियो ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा उनले संविधानमा महिला अधिकारबारे नयाँ कुरा थप्नुभन्दा पहिला संविधानले दिएकै अधिकारको पूरा सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा सहभागी वक्ताहरुले पार्टीभित्रै पनि महिला अधिकारको अवस्था दयनीय रहेको भन्दै महिलाको राजनीतिक अधिकारका लागि पार्टीभित्रै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए
- See more at: http://www.imagekhabar.com/news/latest/politic/12382#sthash.ukgMwYpo.dpuf
Comments
Post a Comment