<b>==========="लोभी नजर"==========
भाग:-२
बोल्दा-खेरी त-त र म-म भएपनि...माया त माया नै रहेछ...!
यसरी सानै देखि मनमा सजाएर पनि भन्न चाहिँ सकेको
थिइन...! एकदिन कक्षामा सरले यस्तै season को बारेमा पढाइ
रहनु भएको थियो...! त्यति नै बेला सरले एक-एक गरि "जाडो मनपर्छ
कि गर्मी" भन्दै सोध्नुभयो...! कसैले जाडो मनपर्छ भने त
कसैले गर्मी...! अनि फेरि सरले मलाइ सोध्नुभयो,"दिपक
...तिम्लाइ चै के मनपर्छ नि ? जाडो कि गर्मी ?"
मैले सरको आखामा हेर्दै भने,"मलाइ त गर्मिमा जाडो मनपर्छ...अनि
जाडोमा गर्मी मनपर्छ सर...!"
सबै साथीहरू मलाइ हेरेर हास्दै थिए...अनि उनी
पनि त मेरो आँखामा हेरेर हास्दै थिइन् नि...! त्यसैले होला...स्कुल
जानुको पनि मज्जा छुट्टै थियो !!!
मलाई अझै पनि याद छ...यस्तै जाडो महिनामा sport week
हुन्थ्यो...! सबै खेलहरु house-wise नै हुन्थे...! भन्नू पर्दा
उनी र म चै एउटै सदन(House) थियौ ! फुटबल खेल्दा
बल म नजिकै आए पछि...उनी माथी बाट
हुटिङ्ग लगाउथी,"हान्दे दिपके...हान्दे...!" भनेर...! अनि
म उ भए तिए हेर्न लाग्थे...बल अरुले नै खोसेर लगिसक्थ्यो...!
अनि फेरि भन्थी,"मोरिहालिस् नि...!"
अनि म उस्लाइ हेरेर खिसिक्क हास्थे मात्र...! अनि फेरि rellay
race मा पनि त्यसै गरि हुटिङ्ग लगाउथी,"दिपके..
.दिपके...दिपके...!" भनेर...! दौडिनमा चै जसरी नि म नै
first हुन्थे...! अनि उनी "congrats...!" भन्दै हात
मिलाउन आइपुग्थिन...र त खुसी लाग्थ्यो नि...!
यसरी नै दस कक्षामा आइपुगिसकेछौ....! SLC फलामको
ढोका त भन्थे...त्यसैले पनि होला,बिहान-बेलुकी नै ट्युसन
हुन्थ्यो...! बिहान ट्युसन सकेर खाना खान घर जान भ्याइदैन थियो...!
त्यसैले बहिनी स्कुल आउदा...खाना बोके लेराउने
गर्थी...! दिन,हप्ता,महिना गर्दै...समय पनि
केही अगाडि बढ्यो...! दशै आउन लागेकाले...स्कुल पनि
बिदा भैसकेको थियो...! एकदिन बेलुकी पख यसो फेसबुक
चलाउदै बस्दै थिए...! अरुहरुको फोटोमा जति like र comment
हाने पनि...आफ्नोमा भने,३०-३५ like बाट बढी आउदैन
थियो...! यसो हेरे...एउटा message आएर बसेको रहेछ...! यसो
हेरे "आशा" को थियो...र मैले मनमनै मन पराएको मान्छे पनि त
उहीँ थिइ नि...! opera mini बाट यसो click
गरे...उस्ले ३ वटा message गरेकी रहिछे...!
पहिलो message:-o hlo...
दोस्रो message:-किन reply नगरेको oe...
अनि तेर्सो message:-खुब भाउ बडेको छ है तेरो...!

Comments

Popular posts from this blog

Vacancy Announced in Myadi Prahari by Nepal Police, Here’s Everything You Need to Know