खाडी जाने कामदारलाई थपियो ११ सय खर्चको भार

काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएको छ ।
खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएका वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।
यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले ५५ सय रहेको मेडिकल शुल्क अब झण्डै ६६ सय पुग्नेछ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् ।

खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने काादरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ । गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिहल शुल्क बढाएर ५५ सय बनाइएको थियो ।
मलेसियापछि अहिले साउदीमा आर्थिक संकट छ । त्यसका कारण विभिन्न काममा खाडी पुगेका नेपालीले विभिन्न आर्थिक शोषण भोगिरहेका छन् । सरकारले मलेसिया सहित ६ खाडी देशमा निशुल्क भिसा र टिकको व्यवस्था निर्णय गरेपनि त्यसको कार्यान्वयनमा चासो दिएको छैन । कामदार पुरानो शुल्कभन्दा पनि बढी रकम बुझाएर विदेश जान बाध्य छन् ।
त्यसमाथि रोजगारदाता मुलुकबाटै विभिन्न बाहानामा शुल्क उठाउने क्रम जारी छ । सरकारले भिसा प्रमाणीकरण, अभिमुखिकरण कक्षा, कल्याणकारी कोष र बीमा लगायतका नाममा शुल्क पनि कामदार माथि आर्थिक भार थप्ने माध्यम बनेका छन् ।
२०७३ मंसिर २५ गते १०:५७ मा प्रकाशित

Comments

Popular posts from this blog